Breaking News :

मान्द्रोमा अनामिका मल्लको भ्यालेनटाइन्स डे बिशेष कार्यक्रम

फेब्रुअरी १४ अर्थात् फाल्गुन २ गते भ्यालेनटाइन्स डे को अवसरमा  मान्द्रो टिपिकल चुल्होले भ्यालेनटाइन्स डे बिशेष कार्यक्रम गर्ने भएको छ।प्रेम गर्ने जोडीहरुको बिशेष दिनमा ‘मान्द्रो टिपिकल चुल्हो नारायणगढ’ मा पनि कार्यक्रम गर्ने भएको हो ।

उक्त दिन मान्द्रोमा चर्चित गायिका अनामिका मल्लको बिशेष प्रस्तुती रहने संचालक राजन पौडेलले बताउनुभएको छ । प्रेम दिवसलाई बिशेष बनाउन उक्त दिन मान्द्रोमा चर्चित गायिका अनामिका मल्लको बिशेष प्रस्तुती रहने पौडेलले बताए ।

समधुर स्वरको कारण चर्चित रहेकी गायिका मल्लको ‘फेरी किन अन्तिम पल्ट भेट्न बोलायौ’ ‘कि फर्की आउ कि बिर्सेंर जाउ’ ‘एक चिम्टी सिन्दुर’ बोलको गीतहरु निकै चर्चित रहेका छन् । गायिका मल्लले आफ्नो फेसबुक मार्फत सबैजनालाई प्रेम दिवसको दिन मान्द्रोमा आउन पनि आग्रह गरेकी छिन् ।

merokhabarsathi

Read Previous

अवैध उत्खनन रोक्न कालिका नगरपालिकाले अनुगमन समिति बनाउने

Read Next

प्रेम दिवसको अवसरमा हेल्प फर हेप्पीनेसको हृदयको आँखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *