अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भरतपुर महानगरपालिका वडा नम्बर १० कटहर चाेकमा रहेको अाेम शान्ति एकेडेमीले १३औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ ।
२०७३ शालबाट नया ब्यबस्थापन सहित सञ्चालनमा अाएकाे बिध्यालयले मल्टिपल इन्टेलिजेन्टको माध्यमबाट पढाई सञ्चालन गर्दै अाएकाे छ । कक्षा ९ सम्म पठनपाठन हुने बिध्यालयमा हालै मात्रै बिध्यार्थीलाई क्षित गर्दै विभिन्न फिचर भएकाे माेबाईल एप्लिकेसन समेत सञ्चालनमा ल्याएकाे छ । बिध्यालयकाे बसमा जिपिएस, परिक्षाफल, सुचना, बिध्यार्थी बिध्यालय पुगेनपुगेकाे लगाएतका विभिन्न फिचर सहितकाे एप्लिकेसन ल्याएकाे बिध्यालयका प्राचार्य जनार्दन ढकालले बताए । बिध्यालयले अागामी शैक्षिक सत्रबाट क्रमश कक्षा १०, ११ र १२ को समेत पढाई सुरु गर्ने गरि भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको ढकालले बताए ।
नमूना विद्यालयको रुपमा स्थापना गराउने तयारीका साथ नयाँ व्यवस्थापनमा सुरु गरिएको सो विद्यालयमा हाल चार सय जना विद्यार्थी अध्ययनरत छन् । मासिकरूपमा विभिन्न कार्यक्रम गरि अाँफ्नाे बार्षिक उत्सब मनाएकाे बिध्यालयले बिध्यार्थी मार्फत बर्थडे फन्ट काेष खडागरि अामाकाे माया छात्राबास, देबिकालाल प्रतिष्ठान र अादर्श गृहमा पुगेर विभिन्न किसिमको सहयाेग गरेकाे बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाल्कृष्ण शर्माले बताए ।
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन शाखाका उपसचिव भुमिलाल सुबेदि प्रमुख अतिथि रहेकाे कार्यक्रममा प्यापसनका अध्यक्ष टिकाराम चापागाई, भरतपुर मेट्राे प्यापसनका अध्यक्ष लेखनाथ खनाल लगाएत बाेलेकाे कार्यक्रममा सरसफाइ क्षेत्रमा काम गर्दै अाएकाे वे गुरूपलाई सम्मान गरिएको थियाे ।