श्री आधारभूत विद्यालय ब्रम्हपुरले आफ्नो ३१ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनायो

श्री आधारभूत विद्यालय ब्रम्हपुरले आफ्नो ३१ औ वार्षिकोत्सव मनाएको छ। भरतपुरमहानगरपालिका-१६ स्थित ब्रम्हपुरमा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विक्रम संवत २०४५ मा स्थिापित विद्यालयले कक्षा शिशु देखि कक्षा ८ सम्म संचालन गर्दै आइरहेको छ । प्रमुख अतिथी प्रदेश न. ३ का सांसद  कृष्ण भुर्तेलले सरस्वति मतको फोटोमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुको साथै रिवन काटेर विद्यालयको नयाँ भवनको पनि उदघाटनगर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भुर्तेलले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै आगमी दिनमा विद्यालयले अझै शैक्षिक गुणस्तर माथि लैजान सुझाव दिनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो र प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिस्ट अतिथि वडा न. १६ का वडाध्यक्ष चतुरमान गुरुङले  वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै  विद्यालयको लागि आवश्यक सहायोग गर्ने बताउनुभयो।विशिष्ट अतिथि लंकु स्रोत केन्द्रका स्रोत व्यक्ति नरेन्द्र के.सी. ले अन्य विद्यालयको तुलनामा यस विद्यालय शिक्षाको क्षेत्रमा अगाडी रहेको बताउनुभयो। विद्यालयलाई  विज्ञान र प्रविधिलाई जोड दिई अगाडी बढ्न आग्रह गर्नुभयो।

त्यस्तै विद्यालयका प्रधानाध्यापक भरत धितालले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै बिभिन्न चुनौतीहरु भएपनि शिक्षकसाथी हरु, स्थानीय समाजसेवी शिक्षा प्रेमीहरुले साथ दिदै आएकोमा कृतज्ञता व्यक्तगर्नु भयो। पुर्व प्रधानाध्यापक विमला न्यौपानेले स्कुललाई सम्झेर भावुक हुदै विद्यालय ३१ वर्ष पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा  ज्ञानेश्वर सामुदायिक वनको अध्यक्ष्य राजन अधिकारी, शिक्षा प्रेमी तथा समाजसेवी राम शरण थापा, बिष्णु अधिकारी लगायत विभिन्न सस्थाका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, स्थानीय समाज सेवी र शिक्षाप्रेमीहरुले आफ्ना भनाइहरु राख्नुभएको थियो।

कार्यक्रममा  पूर्व विद्यार्थी,शिक्षक अभिभावक,र शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको को थियो । वार्षिकोत्सव अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । भने विद्यालयलाइ सहयोग गर्ने व्यक्ति तथा संघ सस्था, उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको थियो। कृष्ण भुर्तेल को प्रमुख अतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य प्राध्यापक अप्सरा बस्नेतले राख्नु भएको थियो भने विद्यालय व्यवस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति  हस्त बहादुर गुरुङले कार्यक्रमको समापन गर्नुभएको थियो ।

फोटो फिचर:-

           

 

 

 

merokhabarsathi

Read Previous

नारायणगढ-बुटवल सडकखण्ड चार लेनको बन्ने

Read Next

ओम शान्ति एकेडेमीले मनायाे १३ औ बार्षिकाेत्सब

Leave a Reply

Your email address will not be published. Required fields are marked *