कृष्णदासजी महाराजको संस्था जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठले आयोजना गरेको श्रीराम तारक ब्रम्ह महायज्ञको अवसरमा चतराधाममा भैरहेको श्रीराम तारकब्रहम महायज्ञमा देश तथा बिभिन्न देशहरुको मानिसहरुको सहभागी रहेको छ।
श्रीराम तारक ब्रम्ह महायज्ञ करिब ७ सय ५ वर्षपछि आयोजना गरिएको आयोजकको दाबी छ । विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक आयोजना गरिएको महायज्ञमा नेपाल भारत तथा तेस्रो देशबाट तीर्थालुहरु आएका छन् । तारकब्रहम महायज्ञ कै अवसर साधकहरुले १ अर्ब ६० करोड जप गरिरहेका । तीर्थालुका लागि सेवा पीठले १२० दिन लगाएर १२६ वटा कोठा रहेको तीनवटा भवन बनाएको छ । छोटो समयमा आठ करोड लागतमा निर्माण भएको भवनले ६० हजार स्क्वायर फिट ओगटेको छ ।
फागुन ७ गतेसम्म चल्ने महायज्ञमा नेपालसहित भारतबाट साधुसन्तसहित हिन्दुधर्मगुरु लगायतको उपस्थिती रहने श्रीरामानन्दाचार्य सेवा पीठ सुनसरीले जनाएको छ । महायज्ञमा १६ करोड हवन गरिनेछ । महायज्ञका लागि ९ तले मण्डपमा १ सय ८ वटा हवन कुण्ड निर्माण गरिएका छन् ।