आज सरस्वती पुजा, देशभर सरस्वती माताको पुजा आराधना गरि मनाइदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।

वसन्त पञ्चमी पनि भनिने आजको यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘बसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

आजका दिन लेखपढ गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ । त्यसैले आजको दिन देशभरकै विद्यालयमा र सरस्वतीका मन्दिरमा पूजाआजा गर्न छात्रछात्राको घुइँचो लागेको छ । विद्यालय तथा  क्याम्पसहरुले आज सरस्वती पूजाको दिन विशेष कार्यक्रम राख्ने गरेका छन् ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि विद्यालय पठाउने, अक्षरारम्भ गराउने र नाक, कान छेडिदिन चलन छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनमा दन्त चिकित्सकको कार्यशाला

Read Next

खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन सक्दैन:-मन्त्री ‘विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *