पत्रकारहरुका लागि वातावरण सम्वन्धि दुई दिने तालिम आज भरतपुरमा शुरु

नेपाल पत्रकार महासङ्घ चितवन र भरतपुर महानगरपालिकाकाे सहयोगमा आयाेजनामा जिल्लामा रहेका पत्रकारहरुका लागि वातावरण सम्वन्धि दुई दिने तालिम आज भरतपुरमा शुरु भएको छ ।

तालिममा वातावरण क्षेत्रमा महानगरवाट भएका प्रयास र वातावरणमा परेको असर, र निराकरण वारे प्रशिक्षण दिइने पत्रकार महासंघको अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम खतिवडाले जानकारी दिनुभयाे ।

त्यसैगरि फाेहाेर व्यवस्थापनकाेे चुनाैति एवम् पत्रकारहरुकाे भुमिका विषयमा प्रशिक्षण दिइ फिल्ड भिजिटका लागि चितवनका पटिहानि र मेघाैलिमा अवलोकन गराउने कार्यक्रम समेत रहेको छ । तालिममा वरिष्ठ पत्रकार हस्त गुरङ प्रशिक्षक हुनुहुन्छ ।

उद्घाटन समाराेहका प्रमुख अतिथि महानगर उपप्रमुख पार्वती शाहले यस तालिमले वातावरण क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहजता हुने बताउनुभयाे । शाहाले वातावारणको क्षेत्रमा लेखिने लेख, समाचार र प्रस्तुत हुने कार्यक्रमले आम जनतालाई नै सचेत बनाउने बिश्वास व्यक्त्त गर्नुभयो।

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियाे । तालिममा जिल्लाका ३० जना पत्रकारहरु सहभागी छन् ।

merokhabarsathi

Read Previous

अनियमितताको आशंकापछि एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

Read Next

चितवनमा दन्त चिकित्सकको कार्यशाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *