Breaking News :

देवघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यक छ:-राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यक रहेको बताउनु भएकोछ।

देवघाटमा आज मंगलबार सुरु भएको विराट ज्ञान महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको हो।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । देवघाटमा चलाएको  गुरुकुल शिक्षाले नेपालको मौलिक संस्कृतिको संरक्षण गरेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुल विद्यालयको प्रशंसा गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको थियो। जसमा नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने आयोजकको भनाई छ।

महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो ।महायज्ञ आज (मंगलबार) बाट फागुन १ गतेसम्म चल्नेछ ।

merokhabarsathi

Read Previous

मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ:-राष्ट्रपति भण्डारी

Read Next

अनियमितताको आशंकापछि एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *