प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
चितवनमा आज नेपाली कांग्रेसले सरकार विरुद्ध बृहत बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको पहलमा आज बिहान ११ बजेदेखि चितवन चौबिसकोठी बाट विरोध प्रदर्शन गरिएको हो ।
विरोध र्यालीमा नेकपा नेतृत्वको ओली सरकारले गरेका पछिल्ला राजनैतिक गतिबिधि प्रति असन्तुष्टि जनाउदै वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारका दोषीलाई र निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाहीको माग गरिएको थियो । विरोध र्यालीमा सहभागीले सरकारविरुद्ध नारा लगाएका थिए ।
भरतपुरको चौबीसकोठी बाट निकालिएको विरोध र्याली लायन्सचोकहुँदै पुलचोकमा विरोध सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।