खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जुनियर पुलिस अफिसर भरतपुरलाई

जिबन रानाभाट, माघ २१ चितवन।  टाइगर युवा क्लब भरतपुर महानगरपालिका ५ टाइगरचोकको आयोजनामा चलेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जुनियर पुलिस अफिसर भरतपुरले उचालेको छ । आज भएको फाइनल खेलमा काली बहादुर गण भरतपुरलाइ ४-१ गोल अन्तरले पराजित गर्दै पुलिस बिजयी भएको हो ।’राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित माघ ९ गते देखि सुरु फुटबल प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको टाइगर युवा क्लबका अध्यक्ष देबराज तामाङ्गले जानकारी दिनुभयो ।

बुद्द धर्मावलम्बीको महान चाड मन्जुश्री सम्बत् २८५५ औ फाग ‘ल्हो’ सोनाम ल्होछारको अवसरमा चलेको प्रतियोगितामा चारपट्टि युवा क्लब गुञ्जनगरलाइ ३-१ ले पराजित गर्दै पुलिस फाइनल प्रवेश गर्दा बाल्मिकी शिक्षा सदनलाइ १-० ले स्तब्ध पार्दै काली बहादुर गण फाइनल पुगेको खेल संयोजक प्रकाश तामाङ्गले जानकारी दिनुभयो । उपाधि उचाले संगै पुलिसले नगद रु.५०,१११ संगै ट्रफी मेडल प्राप्त गर्दा दोस्रो भएको काली बहादुर गणले २५,१११ मा चित्त बुझाउनु पर्यो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का सांसद विजय सुबेदीले खेलकुदमा प्रदेश सरकारले ठुलो लगानी गर्न लागेको जानकारी दिनुभयो।

merokhabarsathi

Read Previous

जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल खरीद प्रक्रिया सुरु

Read Next

पूर्वी चितवनको पर्यटकीय पार्कको डिपिआर तयार

Leave a Reply

Your email address will not be published. Required fields are marked *