Breaking News :

नेपाली कांग्रेस इतिहास र वर्तमानको बाघ, कांग्रेसलाइ नजिस्क्याउन सरकारलाइ चेतावनी:- प्रवक्ता बिश्वप्रकास शर्मा

नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकास शर्माले नेपाली कांग्रेस इतिहास र वर्तमानको बाघ भएको बताएका छन् । आज(सोमवार) चितवनमा भएको बृहत बिरोध प्रदर्शनलाइ संबोधन गर्दै शर्माले नेपाली कांग्रेसलाइ नजिस्क्याउन सरकारलाइ चेतावनी दिएका हुन् ।

कांग्रेस प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘जिस्काउन जो आयो, त्यो गयो ।’ सभामा उहाँले तत्कालीन राजा महेन्द्रलाई पल्टाउने कांग्रेसलाई कमजोर नठान्न पटकपटक चेतावनी दिनुभएको थियो । प्रवक्ता शर्माले भन्नुभयो, ‘ओली सरकारले नेपाललाई उत्तर कोरिया बनाउन खोजे नेपाली कांग्रेस स्पात भएर उभिन्छ, हामी कुनै हालतमा उत्तर कोरिया हुन दिने छैनौँ ।’ स्वीजरल्याण्ड बनाउने भनेर देशलाइ उत्तर कोरिया बनाउन तर्फ सरकार उद्दत भएको टिप्पणी गरे । सरकारका जनविरोधी हरेक कदमलाई कांग्रेसले स्पात गर्ने उनले चेतावनी दिए । उनले सरकारले गलत काम गरेमा नेपाली कांग्रेसले संसद र सडकबाट शान्तिपुर्ण तरिकाले आन्दोलन गर्ने बताए ।

सरकारले हत्या हिँसा, बलात्कार जस्ता घटनाको दोषीलाई कारवाही गर्न चुकेको उनको आरोप छ । ‘निर्मला पन्तलाइ न्याय दिलाउन सरकारले आनाकानी गरिरहेको छ । कहिले सुस्त मनस्थिति भएको व्यक्ति दोषी देखाउन, कहिले कुखुरा चोरेको आरोपमा पक्राउ परेका व्यक्ति देखाउनुले शंका उब्जिएको छ ।’ उनले भने, ‘सरकार शान्ति सुरक्षाको बिषयमा पूर्ण रुपमा चुकेको छ । देश भरि घटना भैरहदा गृहमन्त्रीले शान्ती व्यवस्था चुस्त छ भनेर भन्नु यथार्थ हैन ।’ दुइ तिहाइको सरकारले निर्दोषलाई फसाउन खोजिरहेको उनले आरोप लगाए । देशमा नागरिकले सुरक्षित महशुस गर्न नसकेको भन्दै भष्ट्रचार गर्नेलाई सरकारले संरक्षण गरेको आरोप समेत लगाए ।
प्रवक्ता शर्माले सरकारले महंगी नियन्त्रण गर्न नसकेर गैर जिम्मेवार प्रवृति प्रदर्शन गरेको टिप्पणी गरे । डा गोबिन्द केसीले उठाएको मुलभुत मुद्दाहरुलाई कांग्रेसले आफ्नो नायकत्वमा अगाडी बढाउने जिकिर गरे । अहिलेको चिकित्सा बिधेयक कांग्रेसको सरकारले उल्ट्याइदिने उनको चेतावनी छ । नेपाली कांग्रेसले धेरै पटक चुनाव हारेको ईतिहास भएको भन्दै अहिलेको चुनाव हार्दा वितिकै आतिहाल्नु पर्ने अवस्था नआएको बताए ।

उनले निजगढ विमानस्थल, बुढीगण्डकी जलबिधुत आयोजना र वाइडबडी बिमान खरिद प्रक्रिया जस्ता काममा ठुलो भष्ट्रचार र चलखेल रहेको आरोप लगाए । यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले काँग्रेसका कार्यकर्ता आगो रहेको भन्दै अरिगांललाई ध्वस्त पार्ने चेतावनी दिए । भरतपुरको चौबीसकोठीबाट विरोध ¥याली निस्केर लायन्सचोकहुँदै पुलचोकमा पुगेको थियो । ¥यालीमा सहभागीले सरकारविरुद्ध कडा नारा लगाएका थिए । सरकारको कार्यशैलीको बिरोध स्वरुप चितवनमा नेपाली कांग्रेसले बृहत बिरोध प्रदर्शन गरेको हो ।

 

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनमा आज नेपाली कांग्रेसको बृहत बिरोध प्रदर्शन

Read Next

जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल खरीद प्रक्रिया सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *