भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएपछि पहिलो पटक चितवन आएका धुर्मुसले चितवनमा बन्ने रंगशाला नेपालको गौरब भएको बताउनुभएको छ।
उहाँले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रंगशाला महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले तोकेकै समयमा रंगशाला निर्माण सम्पन्न गर्ने दावी गर्नुभयो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसंग सम्झौता भएपछि उत्साहित भएको बताउनुभयो । उहाँले रंगशाला निर्माणका लागि सरकारी तवरबाट हुने काम सबै महानगरले गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रंगशालाको डीपीआर निर्माणको कार्य शुभारभ्भ भएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले भरतपुर देशकै नमुना शहरको रुपमा विकसित हुने र रंगशालाले विश्वमै नेपालको गरिमा बढ्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख दाहाल र फाउन्डेसनका अध्यक्ष धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रिय गौरवको आयोजनामा सहयोग गर्न स्वदेश तथा विदेशीमा रहने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आह्वान गर्नुभएको छ ।
कार्यक्रममा नेकपाका नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न चितवनका राजनैतिक दलहरु सक्रियताका साथ लाग्ने बताउनुभयो । उहाँले देशका विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आब्हान गर्नुभयो ।
नेपाली काँग्रस चितवनका सभापती जितनारायण श्रेष्ठ रंगशाला निर्माणका लागि काँग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले काँग्रेस प्रतिपक्ष दल भएपनि विकास निर्माणमा सधै हातेमालो गर्ने बताउनुभयो ।