Breaking News :

क्रिकेट रंगशाला निर्माणको घोषणा भएपछि पहिलो पटक चितवन आएका धुर्मुस सुन्तलीलाई चितवनमा भव्य स्वागत

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएपछि पहिलो पटक चितवन आएका धुर्मुस सुन्तलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।

भरतपुर विमानस्थल देखिनै धुर्मुस सुन्तलीलाई स्वागत गर्नेको लर्को लागेको थियो । भरतपुरको चौविसकोठीबाट शुरु भएको र्याली भरतपुरका विभिन्न स्थान हुँदै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल शन्तिचोकमा पुगेको थियो ।

भरतपुरका स्थानियले घरघरमा घडामा फूलहरु राखी सिगारेर ठाँउठाँउमा स्वागतद्धार राखी धुर्मुस सुन्तलीलाई  स्वागत गरेका थिए । आजैदेखि रंगशालाको डिपिआर निर्माणको काम शुरु भएको छ । भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएपछि स्थानियको मुहारमा खुसियाली छाएको छ ।

 

merokhabarsathi

Read Previous

विश्व सिमसार दिवसमा बाटुली पोखरी काव्य उत्सवह

Read Next

चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालको गौरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *