Breaking News :

नेविसंघले जलायो पोखरा महानगरपालिकाको गाडी,गाडी जलेर काम नलाग्ने अवस्थामा

सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ । यसै सिलसिलामा शनिबारको दिन बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उहाँले बताउनुभयो ।

यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

Source: A1 News Nepal

merokhabarsathi

Read Previous

चितवनमा १३२ केभी क्षमताको विद्युत सवस्टेशन निर्माण शुरु

Read Next

विश्व सिमसार दिवसमा बाटुली पोखरी काव्य उत्सवह

Leave a Reply

Your email address will not be published. Required fields are marked *